IMPACT TB अवधारणा

क्षयरोगको कारण प्रत्येक दिन ५००० जनाको मृत्यू हूने गर्दछ र दैनिक १,००० भन्दा बढी मानिस विरामी हून्छन । यसमा धेरै ब्यक्तिहरु हाम्रो समाजको गरिब सदस्यहरु पर्दछन् जसको स्वास्थ्य सेवामा सीमित पहूंच रहेको छ र रोग संग लड्ने श्रोत छैन । हामीलाई थाहा छ कूनैपनि संक्रमक रोगको महामारी रोक्नको लागी भ्याक्सिन लगाउनू पर्दछ अथवा रोग सर्नबाट रोक्नको लागी प्रत्येक रोगीलाई पत्ता लगाई उपचार गर्नूपर्दछ । क्षयरोगको एकमात्र भ्याक्सिन बि.सि.जी. त्यति प्रभावकारी छैन र यसले गर्दा क्षयरोगको कारणले प्रत्येक वर्ष लाखौं ब्यक्तिको मृत्यू भईरहेको छ ।

IMPACT TB  नेपाल तथा भियतनामको समूदायहरुमा क्षयरोगको बिरामी पत्ता लगाई उपचार गर्ने परियोजना हो ।

हामीले भियतनामको हो ची मिन शहरको ६ वटा जिल्लाहरुमा रोग पत्ता लगाउने सफल परियोजनाहरु लाई विस्तार गरिरहेका छौं । योे बढी जनघनत्व भएको, गतिशील, तीव्र गतिमा विकास भईरहेको र बढी अनूपातमा आर्थिक प्रवासीहरु रहेको भियतनामको सबैभन्दा ठूलो शहर हो । नेपालको चारवटा जिल्लाहरुमा हामीले रोग पत्ता लगाउने गतिविधिहरु संचालन गरिरहेका छौं जहां जानकारी नभएको क्षयरोगीहरुको संख्या अत्याधिक रहेको छ र स्वास्थ्य सेवामा सहज पहूंच नभएकाहरु सम्म पूग्न ठुलो कठिनाई रहेको छ । हामीले दूईवटै देशको राष्ट्रिय तहमा सक्रिय क्षयरोग पत्ता लगाउने क्षमता अभिवृद्धी गर्न कम खर्चिलो संचालन पद्धतिहरुको परिक्षण गर्नेछौं । हाम्रो कार्यले अन्य अनूसन्धानलाई सहयोग गरेको तथा भावी नीतिको बारे जानकारी गराएको एकिन गर्नको लागी हामीले प्रत्येक देशको राष्ट्रिय क्षयरोग कार्यक्रम स¤ग समन्वयात्मक रुपमा कार्य गरिरहेका छौ । प्रत्येक रणनीतिको प्रकोपको अल्पकालीन तथा दिर्घकालीन असरहरुबारे जानकारी लिन गणितिय नमुना विधीको प्रयोग गर्नूको साथै विरामी तथा स्वास्थ्य प्रणालीको दृष्टिकोणबाट प्रत्येक रणनीतिको स्वास्थ्य अर्थशास्त्रको मूल्याङ्कन गर्नेछौं ।

यो भिडियो विशिष्ट हेरचाह परामर्शदाताले हो ची मीन शहरमा गरेको कार्यको हो र यो हामीले IMPACT TB कार्यक्रमलाई अभिबृद्धि गर्ने परियोजना हो ।