नेपाल


नयां रोगीमा २.२% र पुर्नउपचार भएका रोगीमा १५% वहू-औषधी प्रतिरोध क्षयरोग दर थियो । सन् २०१४ मा वहू-औषधी प्रतिरोध क्षयरोगको करिव ११६० जना रोगी मध्ये ३४९ जनालाई (३०%) औषधी प्रतिरोध रोगको प्रभावकारी उपचार शूरु गरिएको थियो ।
पछिल्लो शताब्दीमा तीव्र रुपमा संचालन गरिएको नियन्त्रण गतिविधी पश्चात धेरै देशमा क्षयरोगको घटना प्रति वर्ष १-२% ले घटेको थियो । उपचारमा संलग्न मध्ये ९० प्रतिशतको उच्च उपचार सफलता दर भएतापनि नेपालमा क्षयरोगको घटना पछिल्लो शताब्दीमा स्थिर रहेको थियो । सन २०१६-२०२१ को लागी राष्ट्रिय रणनीतिक योजनाले राष्ट्रिय क्षयरोग कार्यक्रमको प्राथमिक उद्देश्यको रुपमा सम्पर्क गरी सक्रिय रोग पत्ता लगाउने विधीको पहिचान गरेको थियो तर पहिलेनै वित्तिय रुपमा कमजोर भएको कार्यक्रममा उपलब्ध श्रोतहरु स्पष्ट थिएनन् । रोगको भार अनूमान लाई अद्यावधिक गर्नको लागी नेपालले सन् २०१६ मा प्रसार सर्वेक्षण प्रारंभ गर्नेछ ।
IMPACT TB ले तीव्र रुपमा क्षयरोगको रोग पत्ता लगाउने कार्यक्रम चितवन, मकवानपूर, महोत्तरी र धनूषा गरी ४ जिल्लामा सञ्चालन गर्नेछन् ।