भियतनाम
विश्व स्वास्थ्य संगठनको सिफारिसमा राष्ट्रिय क्षयरोग कार्यक्रम मार्फत DOTS नियन्त्रण रणनीतिको विस्तृत कार्यान्वयनबाट भियतनामले क्षयरोगको ब्यापकता तथा मृत्यूदरमा वार्षिक ४ देखि ५ प्रतिशत गरी निरन्तर रुपमा राष्ट्रिय क्षयरोग भार कम गर्न सकेको छ । यसले गर्दा सन् २०१४ मा केन्द्रिय सरकारले सन् २०३० सम्ममा क्षयरोग निर्मूलिकरण गर्ने महत्वाकांक्षी अध्यादेश निकालेको थियो, जसमा देशमा क्षयरोगको ब्यापकता दर १००,००० जनामा २० जनामा सिमित हूनूपर्दछ । यो लक्ष्य आशावादी रुपमा अनूमान गरिएको प्रविधी र चिकित्सा क्षेत्रको प्रगतिमा आधारित सन् २०३० को दृष्टि सहित क्षयरोग कार्यक्रमको सन् २०१५-२०२० राष्ट्रिय रणनीति योजनाबाट मंजुर भएको थियो ।
IMPACT TB ले तिव्र रुपमा रोग पत्ता लगाउने कार्यक्रम भियतनामको दक्षिण तर्फको ८ मिलियन भन्दा बढी जनसंख्या भएको हो ची मिन शहरको ६ वटा जिल्लामा संचालन गर्नेछ ।